१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेको खजुरालाई स्वास्थ्यको ‘हव’ बनाउने गाँउपालिकाको घोषणा



नेपालगन्ज । खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गरिएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको तथ्यांक प्रमाणिकरणसहति प्रस्तुतीकरण र समस्याहरुको पहिचान, स्वास्थ्य सेवा प्रदान गर्दा आइपरेका समस्याहरुको पहिचान गरी निराकरणका उपायहरु पत्ता लगाउने र अगामी योजना तयार गर्ने उद्देश्यका साथ समीक्षा गरिएको हो ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ देखि वडा नं. ८ सम्मका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुले वर्षभरी गरेका कार्यप्रगतिको समीक्षात्मक तथ्यांक सम्बन्धित स्वास्थ्य केन्द्रका प्रमुखहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्वास्थ्यको हब बनाउने खजुरा गाउँपालिका अग्रसर भए अनुरुप खजुराका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र खजुरामै क्यान्सर अस्पताल रहेको उल्लेख गरे । उनले सबै स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवालाई जनमैत्री बनाउँदै लगिने बताउँदै खजुरा ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालका रुपमा विकास गर्न बजेट विनियोजन भएको जानकारी दिए ।

उनले खजुराका सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर हरेक वर्षजस्तो निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलगायतले यसरी गरिने समीक्षाले सेवा सुधारमा टेवा पुग्ने बताए । कार्यक्रममा वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, खजुरा क्षेत्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ९ : ०२ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा