२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

खजुरा गाउँपालिकाले रोजगार गुमाएका युवालाई बिना धितो सुलभ कर्जाको व्यवस्था गर्दै



राँझा । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ ।

विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ ।

गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार यस सम्बन्धी कार्यविधि तयार भइसकेको छ । कर्जा प्राप्त गर्न कुनै कठिनाइ हुन नदिन गाउँपालिका नै जमानी बसेर सहजीकरण गर्न लागेको हो ।

यो कार्यका लागि राष्ट्रिय वाणिज्य बैंक र गरिमा विकास बैंकसँग सम्झौताको प्रक्रिया सुरु भएको छ । “यो कार्यक्रमले स्वदेशमै केही गर्न चाहने युवालाई सानो ऋणका लागि महिनौ धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ”, अध्यक्ष कक्षपतिले भने, “खासगरी घरेलु तथा साना उद्योग र कृषि कर्म गर्न चाहने युवाहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।”

औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकामा निजी क्षेत्रको आकर्षणसमेत बढ्दै गएको छ । स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको अध्यक्ष कक्षपतिले बताए ।

गत आर्थिक वर्ष २०७६/७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रु ९२ लाख प्राप्त गरेको थियो । बाँकेमै नमूना गाउँपालिकाका रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठूला लगानीकर्ता आकर्षित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको अध्यक्ष कक्षपतिको भनाइ छ ।

खजुरालाई भौतिक पूर्वाधार मात्रै नभई स्वास्थ्य र सामाजिक विकासको रुपमा पनि अघि बढाउने योजनाका साथ काम भइरहेको छ । गाउँपालिकावासीमा स्वास्थ्यको पहुँच बढाउन सबै वडामा स्वास्थ्य सेवा विस्तार भइसकेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष कक्षपतिले बताए ।

उनका अनुसार, गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र क्यान्सर अस्पताल समेत रहेकाले आधारभूत स्वास्थ्य सेवालाई जनमैत्री बनाउँदै लगिने छ । रासस

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  २ : ४८ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर