१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाँकेमा ९ जना कोरोना संक्रमित थपिँदा २६ जना कोरोना मुक्त भएर घर पुगे



नेपालगञ्ज । बाँकेमा मगंलबार २६ जनाको डिस्चार्ज हुँदा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भेरी अस्पतालका एक जना चिकित्सक, एभरेष्ट बैंकका २ जना कर्मचारी, वडा प्रहरी कार्यालय नेपालगञ्जका एकजना प्रहरी, नेपालगञ्जको वडा नम्बर ४ का ३ जना स्थानीय तथा वडा नम्बर १ र ९ का एकएक जना स्थानीयमा कोरोना पुष्टि भएको छ ।

बाँकेमा मंगलबार नै बिभिन्न आइसोलेसनबाट २६ जना कोरोना मुक्त भएर घर फर्केका छन् । मंगलबार डिस्चार्ज हुनेहरु ५ जना खुल्ला कारागार र २१ जना होटल सिटी प्लाजा आइसोलेसनमा बसेर उपचार गराईरहेकाहरु हुन् । उनीहरु साउन २७ गते कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका थिए ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । यी मध्ये ६ सय ५४ जना डिस्चार्ज भएका छन् भने जिल्लामा ४ जनाको मृत्यु भएको छ ।

भेरीमै गरिएको परीक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । ठाकुरबाबा नगरपालिकाका ४ जना तथा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका एकएक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : ०७ बजे

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल