१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

बुटवलमा थपिए २५ नयाँ कोरोना संक्रमित, ३ जनाको अवस्था गम्भिर



बुटवल । पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा १५ जना पुरुष छन् भने १० जना महिला रहेका छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले दिएको जानकारी अनुसार मंगलबार साझ ४ बजे सम्मको तथ्यांकअनुसार वडा न २ मा १ जना, वडा न ४ मा ४ जना, वडा न ६ मा ५ जना, वडा न ८ मा ३ जना, वडा न ११ मा ५ जना, वडा न १२ मा २ जना, वडा न १३ मा २ जना, वडा न १५ मा १ जना र वडा नखुलेका २ जना गरि जामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएका २५ जना संक्रमित मध्ये ३ जनाको अवस्था गम्भिर भएका कारण बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ भने ३ जनाको बुटवल वडा न ११ देवीनगरस्थित एन्फा एकेडेमीमा रहेको आइसोलेसनमा राखेर उपचार भैरहेको छ तथा बाँकी १९ जना होम आइसोलेसनमा बसेका छन् ।

सिंहका अनुसार पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिका वडा न १ का ५५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। उनको उपचारको क्रममा हिजो भक्तपुर अस्पतालमा मृत्यु भएको छ ।

मिर्गौलाको समस्यापछी निरन्तर डायलिसिस गराउदै आएका उनलाई भदौ ६ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ८ : ३० बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर