७ बैशाख २०८३, सोमबार | April 20, 2026

बुटवलमा परेको बज्रपात : एकाघरका ३ जनाको मृत्यु, बुहारी आइसोलेशनमा नाबालक नाती मामाघर



बुटवल । पहिलो लहरको कोरोना कहरमा मृत्युदर कम भएपनि दोस्रो लहरको कोरोना महामारी सबैको लागि बिकराल बनेको छ । सम्भवत प्रकोप फैलिएका हरेक गाँउ शहरमा कोही न कोही छिमेकमा एक जना सदस्यको निधन नभएको बिरलै होला ।

कसैका घर परिवारकै २-३ जना सम्म सदस्यहरुको मृत्यु भएको छ भने कसैको मिल्ने साथी, सहयोगी छिमेकी, नजिकको नाता, कसैको नजिकको कुटुम्ब कोही न कोही कोरोनाले लगेकै छ ।

सबैलाई परेको यो पिडामा अझै थप पिडा दिँदै बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० मा वंशको एउटा नाकालक छोरो छाडेर एकाघरका ३ जनाले १० दिनको अन्तरालमा मृत्युवरण गरेका छन् । घरकी मुली आमाबाट सुरु भएको मृत्युको शृङ्खला बाबु हुँदै छोरा सम्म पुगेको छ । घरकी एउटी बुहारी र सानो नावालकलाई टुहुरो बनाएर एकाघरका ३ जना कोरोनाको शिकार बनेका छन् ।

पर्वतको पैयुबाट झण्डै ३०-३२ सालमा बुटवल झरेका नरबहादुर गुरुङको घरमा परेको यो पारिवारिक बियोग अन्यको भन्दा हृदय बिदारक छ । ९ दिन पहिला ५६ वर्षिय आमा मनसुभा गुरुङको होम आइसोलेशनबाट खोसेर लगेको पापी कोरोनाले घरका घरमुली नरबहादुर र घरका एकमात्र भविश्य छोरा प्रेम बहादुर गुरुङलाई पनि परिवार, टोल, समाज र आफन्तबाट छिनेर लगेको छ । एउटी श्रीमती र नाबालक छोरालाई मात्र एक्लो बनाएर प्रेमको मृत्यु भएसँगै एकाघरका ३ जनाको मृत्यु भएको हो ।

सुरुमा आमाको मृत्यु हुँदा त बुहारीले सबै अन्त्यष्टी कर्म गरेकी थिईन्, त्यसै बीचमा घरका बाबु र छोरालाई कोरोनाले च्याप्यो । छिमेकी र बुहारीले दुबैलाई युनिभर्सल मेडिकल कलेज भैरहवा लगेर भर्ना गरे । आमा बितेको २ दिन पछि छोरो ३९ वर्षिय प्रेमलाई पनि कोरोनाले लग्यो । प्रेम बितेको खबर उनकी श्रीमतीलाई अझै थाहा नदिईएको उपमहानगर वार्ड नम्बर १० का वडा अध्यक्ष पदमबहादुर थापाले बताए ।

छोरा प्रेमको मृत्यु भएको ५ दिन पछि (बुधबार) ५९ वर्षिय नरबहादुरले पनि सदाको लागि संसार त्यागे । ‘बुहारीलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखिएको छ, उनलाई थप मानसिक पिडा नहोस् भने श्रीमान बितेको खबर गरेका छैनौं ।’ वार्ड अध्यक्ष थापाले भने, ‘६ वर्षको नाबालक मामा घर छन्, उनलाई बाबु, बाजे र बजै बितेको थाहा हुने कुरै भएन ।’

बुहारीलाई संक्रमण देखिएपनि त्यती गम्भीर भने नरहेको र परिवारको सदस्यको मृत्युको खबरले मनोबल कमजोर नहोस् भनेर आइशोलेट गरिएको अध्यक्ष थापाले भने ।

बाँकेमा एकाघरको ४ जना सम्मको मृत्यु भएको खबर आएपनि अन्त यसरी घरकै ३ जनाको मृत्यु भएको खबर नआएका बेला बुटवलको एउटा घरमा यो बज्रपात परेको हो । आइशोलेट रहेकी बुहारीलाई श्रीमान र ससुरा पनि बितेको खबरले कति बिरक्त बनाउला त्यो कल्पना मात्र गर्न सकिन्छ ।

अहिले घरमा क्रियाकर्म गरिदिने समेत कोही छैनन् । नाती नाबालक छ, बुहारी आइशोलेट छिन् बाबुको सबै छिमेकीको सहारामा दाहसंस्कार भएको वडा अध्यक्ष थापाले बताए । ‘यस्तो कारुणीक बज्रपात कसैको घरमा नपरोस् ।’ थापाले भने ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : ४९ बजे

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन