१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलमा थप ३ संक्रमितको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका उपचाररत १ संक्रमितको गएराती र २ जना संक्रमितको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

२ जना संक्रमितको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र एक जना संक्रमितको कोरोना बिशेष अस्पताल धागो कारखानाको आइसीयू कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका ४ का ३६ वर्षीय पुरुषको गएराती ९ः५५ बजे अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको उनले बताए । गौतमका अनुसार उनमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल ल्याइएको थियो उनको आकस्मिक कक्षमै मृत्यु भएको हो ।

त्यस्तै नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आइसीयुमा उपचारका क्रममा आइतबार बिहान १२ः४० बजे मृत्यु भएको छ । बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको डा.गौतमले जानकारी दिए ।

त्यस्तै गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना भएका उनको बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले डा.गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : १३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट