१२ बैशाख २०८१, बुधबार | April 24, 2024

केराले बजार नपाउँदा चरालाई आहारा



चितवन । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो ।

केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ ।

निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो । केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताउँछन् । महतो भन्छन्, “यो समयमा बजारको निकै ठूलो समस्या छ ।” पच्चीसदेखि ३० प्रतिशत केरा खेतमै पारेर झर्दै गरेको र कतिपय चराको आहार बनेको उनले बताए। उनका अनुसार केरा बोटमै पाकेको छ, चराले आधा खाँदै छाड्दै गरेको देख्न सकिन्छ ।

नेपालमा लकडाउन शुरुसँगै केरा पाकेको थियो । बीचमा लकडाउन खुलेसँगै केही सहज भए पनि फेरि अवस्था झन् जटिल बनेको अध्यक्ष महतोले बताए । “यस वर्ष केराको उत्पादन राम्रो थियो”, उनले भने, “बजार र मूल्य पाइएन, करोडौँको क्षति भयो ।” उनले निषेधाज्ञामा पनि भारतीय केरा नेपाली बजारमा आएको तर नेपाली केराले बजार नपाएको गुनासो गरे । यो समयमा व्यपारीले सहजै केरा लैजान नमानेको र लगिहाले पनि मूल्य निकै कम पाउने गरको महतोको भनाइ छ ।

तीन तहका सरकारले छुट्टाछुट्टै निर्णय गर्दा झन् समस्या भएको महतालेले बताए। “यहाँबाट केरा लगिए पनि जिल्ला र पालिकाहरुमा अवरोध गर्ने गरिएको छ, कतिपय अवस्थामा बाटोमै रोकिनुपर्ने अवस्था छ”, उनले भने। अध्यक्ष महतोका अनुसार यस वर्ष मलको अभाव छ । केराका लागि मल अत्यावश्यक छ, यस्तै भयो भने अर्को वर्ष उत्पादन घट्छ ।

केरा व्यवसायी यज्ञ सुवेदीले निषेधाज्ञाले ग्राहक बजार आउन नपाएपछि केरा बिक्री हुन छाडेको बताउँछन् । “लकडाउनभन्दा पनि निषेधाज्ञापछि झन् समस्या भएको छ”, सुवेदी भन्छन्, “बिहान र बेलुकाको थोरै समयमा ग्राहक बजारसम्म जाने अवस्था छैन ।”

केरा बिक्री नभएपछि आफैँ पसल–पसलमा खुद्रा बिक्री गर्दै हिँड्न बाध्य भएको सुवेदीले बताए । “बारीमा केरा पाकेको छ, बिक्री नभएर चराले खाइरहेको छ, केही झरेर नष्ट भएको छ”, उनले भने । यस वर्ष समयमा नै पानी परेका कारण केराको उत्पादन राम्रो भएको उनले बताए ।

केरा व्यवसायी सुवेदीले आफ्नो ५० लाख रुपैयाँको केरा क्षति भएको बताए । “मैले एक सिजनमा तीन करोडको केरा बेच्थेँ”, उनले भने, “यस वर्ष दुई करोड पुग्न पनि धौधौ छ ।”

सुवेदीले ७० बिघामा केराखेती गर्दै आएका छन । गत वर्ष ७० रुपैयाँ दर्जनसम्म बिक्री भएको केराको मूल्य यस वर्ष ५० रुपैयाँ भन्दामाथि पुग्न नसकेको उनले बताए।

जिल्लामा अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । महानगर फलफूल तथा तरकारी बजार नारायणगढका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले बजारमा फलफूलको बिक्री न्यून रहेको बताउँछन् । “प्रशासनले तीन घण्टाभन्दा बढी समय पसल खोल्न दिँदैन, ग्राहक आउने समय नै छैन”, धितालले भने । ठेला र सडकपेटीमा व्यापार गर्नेलाई पनि प्रहरी र स्थानीयवासीले अवरोध गर्ने गरेको उनले बताए ।

चितवनमा उत्पादन भएको केरा बाहिरी बजारमा निर्यात नभएपछि नारायणढको बजारमा थुप्रिएको धितालले बताए । उनले चितवनमा भारतीय केरा नआएको भन्दै चितवनको केराले माग धान्न नसक्ने अवस्थामा मात्र ल्याउने गरिएको जिकिर गरे ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यस वर्ष चितवनमा केराको उत्पादन राम्रो भएको बताउँछन्। ढकालले कोरोनाका कारण बजारीकरणमा समस्या भएको र किसानले गत वर्षझैँ मूल्य नपाएको स्वीकार गरे ।

यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ । युवाहरुको आकर्षण पनि बढ्दो छ ।

चितवन केरा उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । जिल्लामा तीन हजार २०० बिघामा केराखेती गरिएको छ । चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् ।

हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ३२ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल