२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

केरा पकाउने च्याम्बर सञ्चालन



कैलाली । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ ।

उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ ।

उद्योगले यतिखेर परीक्षण गरिरहेको छ । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराए ।

उद्योगमा रानी जमरा सिँचाइ आयोजनाले रु एक करोड ९० लाख आठ हजार ५ सय ९१ अनुदान सहयोग गरेको छ । ‘केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्’’ उद्योगका निर्देशक ढुङ्गानाले भने, ‘थोरै केरा उत्पादन गर्ने कृषकलाई पनि प्रत्यक्ष लाभ हुन्छ ।’ उनले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताए । ‘टीकापुर क्षेत्रमा उत्पादन हुने सबै केरा च्याम्बरमा पकाएर बिक्री गर्ने वातावरण मिलाउँदैछौँ, एक दर्जन केरा पकाउन रु ३ देखि ५ खर्च लाग्छ’, ढुङ्गानाले भने, ‘च्याम्बरमा माइनस दुई डिग्री सेल्सियससम्मको व्यवस्था भएकाले कोल्ड स्टोरकारुपमा पनि प्रयोग गर्छौँ ।’

उनले आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्ने योजना बनाएको बताए । कर्णाली कृषि सेवा प्रालीको नाममा सञ्चालित च्याम्बर सञ्चालनमा आएपछि केरा खेती गर्ने किसान र उपभोक्ता खुसी भएका छन् ।

‘सञ्चालन भएपछि उपभोक्ता, केरा उत्पादक र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ’’, केरा उत्पादक किसान टेकेन्द्र धामीले भने, ‘विषादीको युग समाप्त भएको मान्नुपर्छ र साना किसानलाई बजारको समस्या हुँदैन, अर्कोतर्फ व्यापारी पनि ठगिने समस्या हट्छ ।’ ‘च्याम्बरमा पकाएको केरा एक हप्तासम्म टिक्छ भने विषादी प्रयोग गरेको केरा ३/४ दिनसम्म मात्र टिक्छ’’, धामीले भने, ‘च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्न बजारको खोजी गर्नुपर्छ ।’

पछिल्लो समय टीकापुर क्षेत्रलाई केराको पकेट क्षेत्रकारुपमा विकास गर्न थालिएको छ । यहाँ करिब ७ सय हेक्टर जग्गामा केरा खेती हुने गरेको छ । यहाँ उत्पादन भएको केरा देशका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ ।

रानी जमरा कुलरिया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेल च्याम्बर सञ्चालनपछि किसानलाई मात्र नभइ उपभोक्ताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताए ।

‘मानव स्वास्थ्यमैत्री ग्याँस प्रयोगबाट केरा पकाइने भएकाले यसमा पकाइएको केरा स्वास्थ्यका लागि फाइदाजनक छ’, कँडेलले भने, ‘च्याम्बरमा आवश्यकताअनुसार केरा छिटो र ढिलो पकाउन सकिन्छ ।’ रासस

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : २६ बजे

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको

आज देशभर बदली, लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले