५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गण्डकी प्रदेशमा १७ जना सेनासहित थप २३ जनामा कोरोना संक्रमण



पोखरा । लमजुङमा खटिएका १७ सेनासहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो अपडेट अनुसार लमजुङमा सेनासहित २० जना, कास्कीमा दुई जना र पूर्वी नवलपरासीमा एक जना संक्रमित थपिएका छन् ।

लमजुङको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरिएको थियो । त्यस क्रममा थप १७ सैनिकमा संक्रमित भएको हो ।

यस्तै अन्य तीन जनामा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड र बेँसीसहर वडा नम्बर ८ का थप २ जनामा पनि संक्रमण देखिएको छ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

हालसम्म गण्डकी प्रदेशमा १ हजार ९३६ संक्रमित बनेका छन् । जसमध्ये १ हजार ६४३ संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ८ : ५६ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ