४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाराका दुई संक्रमितको वीरगन्जमा मृत्यु, कैलालीका एक संक्रमितको सेती अस्पतालमा गयो ज्यान



वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालअन्तर्गतको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचार गराइरहेका बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

गत भदौ २ गते भर्ना भएका ७० वर्षीय पुरषको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती वृद्धलाई श्वासप्रश्वास, निमोनिया र उच्च रक्तचापलगायतको समस्या देखिएको थियो ।

यस्तै, छतवाका मृगौला पीडित ४२ वर्षीय पुरुषको पनि मंगलबार राति पौने ११ बजे मुत्यु भएको हो । उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ११ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार साँझ उनलाई प्रादेशिक अस्पतालमा सारिएको थियो ।

यससँगै सुदुरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संखया १४ पुगेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको