१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थप



अर्घाखाँची । कोरोना भाइरस कोभिड-१९ समुदाय स्तरमा फैलिएको भन्दै अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ ।

त्यसलाई निरन्तरता दिँदै आगामी बुधबार भदौ १७ गते राती १२ बजेसम्म निषेधाज्ञा गरिने निर्णय गरीएको हो । जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड-१९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छन् भने डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको जनाइएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : ५४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्