१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थप



अर्घाखाँची । कोरोना भाइरस कोभिड-१९ समुदाय स्तरमा फैलिएको भन्दै अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ ।

त्यसलाई निरन्तरता दिँदै आगामी बुधबार भदौ १७ गते राती १२ बजेसम्म निषेधाज्ञा गरिने निर्णय गरीएको हो । जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड-१९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छन् भने डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको जनाइएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : ५४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला