६ श्रावण २०८३, बुधबार | July 22, 2026

आसामका पूर्वमुख्यमन्त्री तरुण गोगोईलाई कोरोना संक्रमण



भारतको पूर्वोत्तर राज्य आसामका पूर्वमख्यमन्त्री तरुण गोगईलाई कोरोना पोजेटिभ देखिएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री मन्त्री गोगोई आफैले ट्वीट गरेर कोरोना संक्रमण भएको पुष्टि गरेका हुन ।

८५ वर्षीय गोगाईले ट्वीटमा भनेका छन्, ‘हिजो मेरो कोभिड-१९ को टेष्ट रिपोर्ट पोजेटिभ आयो । पछिल्ला केही दिन यता मसँग सम्पर्कमा आएका सबैले तुरुन्त कोभिड जाँच गराउन जरुरी छ ।’

२०२१ मा हुने आसम विधानसभा चुनावका लािग पार्टीलाई बलियो बनाउने उद्देश्यले गोगाई केहीदिन यता आसामका कैयौं क्षेत्रको भ्रमण गरेका छन् । पूर्वमुख्यमन्त्री गोगोईको कोरोना जाँच रिपोर्ट मंगलबार आएको थियो ।

यससमय आसाममा कोरोना संक्रमित बिरामीको संख्या ९४ हजार ५९२ रहेको छ । राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६० पुगेको छ । ७३ हजार ९० बिरामी संक्रमणबाट मुक्त भएका छन् ।

आसाममा नेपाली भाषी समुदायको ठूलो बसोबास रहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १२ : ४७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन