१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सुनको मूल्यमा निरन्तर गिरावट, बुधबार ९६ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार



काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

गत बुधबार प्रतितोला एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६०० ले घटेको छ ।

महासङ्घका अनुसार आज बुधारबा पनि छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० तोकिएको छ ।

मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला १० ले घटेर तोलाको एक हजार ३१० पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो ।

नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १ : ०६ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय