७ आश्विन २०८३, बुधबार | September 23, 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि



कञ्चनपुर । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका ९ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ ।

गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ४ वटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा ५ वटा गैंडा निकुञ्जमा ल्याइएको थियो । हाल निकुञ्जमा १० वटा भाले, ५ वटा पोथी र २ वटा केटाकेटी संरक्षित रहेका छन् ।

स्थानान्तरण भएको २ दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताए । गैंडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको उनले बताए ।

गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन । एकसिँगे गैंडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ ।

गैंडा चोरी शिकारी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सन् २०१६ मा गैंडाको चोरी सिकारी गरी खागसहित बेलडाँडीका नत्थु राना पक्राउ परेका थिए । निकुञ्जकै गैंडाको चोरी शिकारी गरी खाग झिकेको आरोपमा रानालाई १३ वर्षको जेल सजाय भएको थियो ।

सन् २०१४ मा निकुञ्जबाट भारतको टाटरगञ्ज पुगेको भाले गैंडाको अर्को भाले गैंडासँग जुध्दा मृत्यु भएको थियो । सन् २०१८ मा गैडाको आक्रमणबाट निकुञ्ज छिरेका ४ जना घाइते भएका थिए । गैंडाको आक्रमणमा परेर मृत्यु भएको रेकर्ड भने निकुञ्ज कार्यालयसँग रहेको छैन । रासस

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १ : ०९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११