७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार महोत्तरीमा सबैभन्दा धेरै ३ जना पुरुषको मृत्यु भएको छ । उनीहरु ६०, ७२ र ७५ वर्षका रहेका थिए ।

यस्तै, कैलालीमा ४५ र ५० वर्षका दुई जना पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४१ र ४६ वर्षका दुई पुरुषको मृत्यु भएको छ ।

यसैगरी मोरङका ४५ वर्षीया र भक्तपुरका ५१ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै, बाँकेका ३७ वर्षीय एक पुरुष र काठमाडौंका ५१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल