१७ बैशाख २०८२, बुधबार | April 30, 2025

आजको मौसम : देशभर सामान्यतया बदली, मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको छ । यस्तै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसम बदली भएको हो ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद विभूति पोखरेलले जानकारी दिएकी छन् ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न भागका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ७ : ०३ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने