४ पुस २०८२, शुक्रबार | December 20, 2025

महामारी विरुद्ध सञ्चालित अभियानमा रोटरी बुटवल सेन्टरको सहकार्य



बुटवल । रोटरी क्लब अफ बुटवल सेन्टरले महामारी विरुद्ध सञ्चालित अभियानमा सहकार्य गरेको छ ।

बुटवल उपमहानगरपालिकासंगको सहकार्यमा रोटरी क्लब अफ सेन्टर बुटवलले संक्रमितको मनोबल बढाउने तथा विपन्न अवस्थाका बिरामीलाई औषधि उपचारमा सहयोग गर्दै आएको छ ।

उक्त क्लबले कोरोना संक्रमितलाई स्वच्छ पानी खुवाउने भन्दै बुटवलको आइसोलेशन सेन्टरमा विद्युतीय फिल्टर जडान गरिदिएको क्लबका अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको बुटवल-११ देविनगरको आइसोलेसन सेन्टरमा रहेका संक्रमितलाई लक्षित गरेर सहयोग गरिएको हो ।

त्यहाँ ६० जनालाई पिउन पुग्नेगरि झण्डै ७० हजार बराबरका विद्युतीय फिल्टर जडान गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए ।
यसैगरी मृगौला रोगको नियमित उपचार गराइरहेका र डायलासिश गरेपछिको औषधि किन्न नसक्ने विपन्न अवस्थाका बिरामीका लागि औषधि उपलब्ध गराइएको छ ।

क्लबमा आबद्ध तिलप्रसाद भट्टराईको संयोजनमा गौतम बुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा उपचारका लागि आएका ११ जनालाई निशुल्क औषधि उपलव्ध गराइएको क्लबका अध्यक्ष भट्टराईले जानकारी दिए । करिब तीन लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको छ ।

यसअघि पनि उक्त क्लबले विभिन्न सामाजिक र मानवीय सहयोगका काम गर्दै आएको संस्थापक अध्यक्ष एजाज आलमले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको