१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रोटरी सामाजिक पत्रकारिता पुरस्कार वर्ष–२०२२ पत्रकार घिमिरेलाई



बुटवल । रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०२२ बाट पत्रकार दिपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन् ।

मंगलबार आयोजित क्लबको १२ औं पदस्थापन तथा वर्ष २०२३/२४ को धन्यवाद ज्ञापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा कलम चलाई समाजलाई योग्दान पुर्याएको भन्दै उनलाई नगद ११ हजार १ सय ११ रुपैंयासहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो ।

उनलाई क्लबका तथा कार्यक्रमका अध्यक्ष हरि लम्साल, प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर नोमिनी बिनोद कोइराला र पुरस्कारका संस्थापक तथा क्लबका पूर्व अध्यक्ष गौतम भुसालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुर बुवा केशवराज एवम् हजुरआमा हिमादेवी भुसालको स्मृतिमा क्लबमार्फत नियमित प्रदान गर्नेगरी स्थापना गरिएको पुरस्कार हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई दिइँदै आएको उनले बताए । गत वर्ष उक्त पुरस्कार पत्रकार स्व। एन।बी। कंडेलले प्राप्त गरेका थिए । यस वर्ष सम्मानित तथा पुरस्कृत घिमिरे भैरहवामा रहेर लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत छन् । उनी खबरपात्रो डटकमका सम्पादक हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिनोद कोइरालाले क्लबलाई सामाजिक क्रियाकलापमा थप सक्रिय भएर काम गर्न सुझाब दिए । यसैबीच पदस्थापनको अवसरमा निवर्तमान अध्यक्ष ऋषिराम भण्डारीले आफ्नो कार्यकाल वर्ष २०२२र२३ मा गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लबको डाइरेक्टरी प्रकाशन गरिएको थियो ।

सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको क्लबले आफ्ना सदस्यका परिवारबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी क्लवमा नयाँ सदस्यका रुपमा प्रवेश गरेका ६ जना नयाँ सदस्यलाई पिन हस्तान्तरण गरिएको थियो

कार्यक्रममा असिस्ट गभर्नर कृष्ण शर्मा, डिष्ट्रिक पब्लिक इमेज चेयर पर्सन राजकुमार गुप्ता, रोटरी डिस्ट्रिक ट्रेनर राजेन्द्र लम्साल, रोटरी क्लब अफ बुटवलका निवर्तमान अध्यक्ष बोनिन् पिया, क्लबका एसिस्ट गभर्नर राजुदेवी खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ०९ बजे

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको