१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा भोलिदेखि रोटरी इन्टरनेशनलको १६ औं डिष्ट्रिक कन्फ्रेन्स हुँदै



बुटवल । बुटवलमा हुन लागेको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको सबै तयारी पूरा भएको छ । बुटवलको रामनगरस्थित बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा भोलिदेखि ४ गते सम्म संचालन हुने कन्फ्रेन्सको सबै तयारी पूरा भएको आयोजकले जनाएको हो ।

बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सम्मेलन सफल बनाउन १५ वटा कन्फ्रेन्स कमिटी र २५ वटा कार्यक्रम कमिटी गठन गरीएको जानकारी दिएको छ ।

देशभरका रोटरी क्लबहरुमा आवद्ध सदस्यहरु सहभागी हुने कन्फ्रेन्समा सहभागीताका लागि अहिलेसम्म १ हजार ७ सय बढी रोटरीयनहरुले नाम दर्ता गराईसकेको कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले बताए ।

अहिलेसम्म १ हजार ७ सय भन्दा बढीले अनलाईन रजिष्ट्रेशन गरिसकेको र त्यो संख्या अझै थपिने उनको भनाई छ । दुई दिनसम्म चल्ने सम्मेलनमा विश्व लगायत नेपालमा रोटरीले संचालन गरेका परियोजना र तिनको प्रभावबारे विस्तृत छलफल तथा जानकारी प्रदान हुनेछ । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री रघुबिर महाशेठले गर्नेछन् ।

कन्फ्रेन्समा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्टले गरेका विभिन्न सेवामूलक परियोजनाका बारेमा छलफल, ति परियोजनाले समुदायको विकासमा ल्याएको परिवर्तन र आगामी मार्गचित्रबारे सम्मेलनमा छलफल हुनेछ ।

कार्यक्रममा रोटरीले निर्धारण गरेका प्राथमिकताका सबै क्षेत्र वातावरण, स्वास्थ्य, शिक्षा, रोटरीको सार्वजनिक छबि, शान्ति तथा द्वन्द्व व्यवस्थापन, सदस्यता मामिला, महिला सशक्तिकरण एवं महिला नेतृत्वको विकास लगायतका विभिन्न क्षेत्रमा रोटरी तथा रोटरीभन्दा बाहिरका सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुले विचारमार्फत दिशानिर्देश गर्ने रोटरी डिष्ट्रिक ३२९२ का नेपाल भुटानका गभर्नर राजेन्द्र ध्वजले जानकारी दिए ।

सम्मेलनमा सहभागीहरुले बुटवल र भैरहवाका सबै प्रकारका होटलहरु बुकिङ गरिसकेको आवास ब्यवस्थापन कमिटी चेयर सुरज क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार सम्मेलनमा आउने सहभागीहरुलाई गौतमबुद्ध बिमानस्थलबाट होटलसम्म तथा होटलदेखि सम्मेलन स्थल बुटवल मण्डपसम्म ल्याउन लैजानका लागि निःशुल्क यातायातको व्यवस्थापन गरिएको क्षेत्रीले बताए । कार्यक्रममा कुल ढाइ करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : ०५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा