२५ असार २०८३, बिहिबार | July 9, 2026

रुपन्देहीको तिलोत्तमामा कोरोना संक्रमितको संख्या ९० पुग्यो, थपिए १४ नयाँ संक्रमित



बुटवल । लकडाउनलाई कडा बनाएर सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाव संकलनलाई तिब्रता दिएपछि रुपन्देहीको तिलोत्तमामा पनि कोरोना संक्रमितको ग्राफ उकालो लागेको छ । बुधबार अबेर राती सम्ममा तिलोत्तमा नगरपालिकामा १४ जना कोरोना संक्रमित थपिएका छ ।

समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रायाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिएका छन् ।

नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जनामा छन् । यसमध्येका केहि व्यक्ति समुदाय स्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताए ।

तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

समुदायस्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिएपछि रुपन्देहीमा भदौ १४ गते सम्मका लागि निशेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ९ : ०८ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’