२० मंसिर २०८२, शनिबार | December 7, 2025

बाँकेमा २२ जना कोरोना मुक्त, कर्मचारीमा संक्रमण देखिएपछि टेलिकमको बितरण केन्द्र बन्द



नेपालगन्ज । बुधबार ७३ जना नयाँ संक्रमित थपिएका बाँकेमा बिहीबार बिभिन्न आइसोलेसनमा उपचाररत २२ जना संक्रमित संक्रमण मुक्त भएर घर प्रस्थान गरेका छन् ।

संक्रमण पुष्टि भएर १४ दिन बिना लक्षण आइसोलेसनमा बसेका २२ जनालाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खुला कारागारबाट ६ जना, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, होटल सिटी प्यालेसबाट ४ जना, लायन्स डेन्टल अस्पतालको आइसोलेसनबाट ३ जना, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट २ जना, कृषि तालिम केन्द्र खजुरा र नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट एक एक जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेहरुमा नेपालगन्जका १५ जना र कोहलपुरका ७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार संक्रमण पुष्टि भएसँगै नेपालगन्ज स्थित नेपाल टेलिकमको बितरण केन्द्र अर्को सुचना जारी नहुँदा सम्मका लागि बन्द भएको छ । बुधबार टेलिकममा कार्यरत ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बुधबार नै बाँकेको कौशिलानगर स्थित ब्यारेकका ५१ जना नेपाली सेनाका जवानहरुलाई संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कुल संक्रमित ९ सय २० रहेकोमा बिहीबारसम्म ६ सय ८२ जना डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा २ सय ३३ जनाको उपचार भइरहेको छ भने कोरोनाबाट पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ९ : ३६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल