१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

के शारीरिक सुगठन खेलाडीलाइ सप्लिमेन्टको प्रयोग अनिवार्य छ ? यस्ताछन् सप्लिमेण्टका सकारात्मक र नकारात्म पक्ष



परिचय

शरीरको सन्तुलित विकास गर्न नियमित व्यायाम सन्तुलित भोजन सेवन र विश्रामको संयोजनको माध्यमबाट शरीरमा रहेका मांसपेशीहरु सुगठित गर्ने प्रक्रिया नै शारिरीक सुगठन हो। सगीतको तालमा सुगठित शरीरका मांसपेशीहरुलाइ कलात्मक ढग प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो ।

सितु प्रसाद श्रेष्ठ

१९औ शताब्दिको पुर्वार्ध्द तिर इङ्लेण्डमा जर्मनी नागरिक युगिन स्याण्डोले प्रारम्भ गरेको मानिएको यो खेलको नेपालमा भने यसको इतिहास खासै लामो छैन । प्रजातन्त्रका सेनानी तथा अमर शहिद धर्मभक्त माथेमाले भारतबाट आएर यस खेलको बिजारोपण गरे । वि।सं। २०१० द्वारिका दास श्रेष्ठले शारिरीक सुगठन खेलको विकासमा इटा थप्ने काम गरेसगै क्रमशः बि स २०३० मा मिष्टर काठमाडौं उपाधीबाट शारीरिक सुगठन प्रतियोगिताको शुभारम्भ भएको थियो । शारिरीक सुगठन खेलमा नेपालले सर्वप्रथम अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता वि स २०४२ सालदेखी जनाएको देखिन्छ । सन् २०१० मा आयोजित दोस्रो विश्व बडि बिल्डिङ च्याम्पियनसिपमा नेपालका श्याम श्रेष्ठले कास्य पदक जित्दै अन्तराष्ट्रिय पदक यात्रा तय गरेका थिए । हाल आएर हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बडि बिल्डरहरु प्राय रित्तो हात फर्कनु परेको छैन ।

पृष्ठभुमी

सन्तुलित आहारको महत्व शारीरिक सुगठन खेलाडीहरुलाइ मात्र नभइ आम मानिसको जीवनमा समेत महत्वपुर्ण भुमिका रहेको कुरामा कसैको विमती नहोला । भनिन्छ नि जस्तो भोजन उस्तै मन जस्तो मन उस्तै तन । जे खानुहुन्छ, तपाईं त्यहि बन्नुहुन्छ । स्वस्थ शरीरको लागि उचित खानपिनको कुनै बिकल्प छैन । वास्तवमा हामी उठेदेखि ननिदाएसम्म हाम्रो शरीरले काम गर्दा, व्यायाम गर्दा मांशपेशीहरुले काम गर्दा थाकेको, टुटेको चुँडेको हुन्छ हाम्रो शरीरले यसलाई निदाएको समयमा मर्मत गर्ने काम गर्दछ । शरीरलाई रातको समयको निन्द्रा नित्तान्त आवश्यक हुन्छ । एक शारीरिक सुगठन खेलाडीले सन्तुलित आहार प्रयाप्त निद्रा र उचित व्यायाम संयोजन गर्न सकेन भने सोचे जस्तो शरीर बनाउन सक्दैन । अनुशासित जीवनशैली, अलिकति धैर्यता हुने हो भने व्यायाम र सादा अनि सरल खानपिनले नै बोसो घटाउन, तौल घटाउन, शरीर बनाउन र स्वस्थ रहन सकिन्छ ।

बिषय प्रवेश

विश्बमा शारीरिक सुगठन खेलको बिकाश भए सगै नेपालमा पनि बिरलै हुने प्रतियोगिता समेत क्रमशस् बृद्धि हुदै आएको छ । जसरी प्रतियोगिताको सख्या दिनानुदिन बढ्दै छ सोहि बमेजिम छिटो नतिजाको चाहनामा शारीरिक सुगठन खेलाडीहरुले बिभिन्न बैकल्पिक उपायहरु र छोटो बाटोको खोजी गरिरहको यथार्थ हामी सामु आएको देखिन्छ । लोभलाग्दो बिज्ञापन पछि लेभिएर प्राकृतिक पोष्टिक आहारहरुमा भन्दा सरल हिसाबले शरीर बनाउनको लागि उत्पादन गरिएका अनेकौं सप्लिमेन्टहरुको उपभोग गर्न लालायित रहेको पाइन्छ । वेट गेनर, प्रोटीन पाउडर, क्रेटीन, ग्लूटामिन, कॉड लिवर अयल, बीसीएए, फैट बर्नर, मल्टीविटामिन, लिक्विड अमीनो,अमीनो टेबल आदी सप्लीमेंट पाइन्छ जो आमरुपमा शारीरिक सुगठनका खेलाडीहरुले प्रयोग गर्छन । केही खेलाडीहरु जानकारीका अभावले प्रतिबन्धित एनाबोलिक स्टोराइड समेतको प्रयोग गर्ने गरेको सुनिन्छ ।

एनाबोलिक स्टोराइड बास्तबमा पुरुष यौन हार्मोन र प्रजनन क्षमता बढ़ाउन, मेटबॉलिज्म र इम्यूनिटीलाइ दुरुस्त राख्न मांसपेशिहरु र हड्डिहरुको धनत्व बढ़ाउन अन्य उपचारमा प्रयोग गर्ने उद्देश्यले औषधीका रुपमा तयार पारिएको हो, तर यसलाइ गलत रुपमा शारीरिक सुगठन खेलाडीहरुले शरीरमा मान्सपेशीहरु बढाउनका लागि प्रयोग गरिरहेका छन् । यसले उनीहरूको शरीरलाई उल्लेख्य रूपमा क्षति पुर्याउँछ । मुटुमा एनाबोलिक स्टेरोइडको प्रभावले मायोकार्डियल इन्फ्रक्शन र स्ट्रोक निम्त्याउन सक्छ । हार्मोनल असंतुलनहरू जस्तै gynecomactia र महिला खेलाडीहरुमा पुरूषत्व पैदा गर्न सक्छ ।

के हामीले खानाबाट चाहिने सबै पोषकहरू पाउन सकिन्छ त ? स्वस्थ मानिसहरू वास्तवमै स्वस्थ आहार मार्फत आफ्ना पोषण आवश्यकताहरू पूरा गर्न सक्दछन् । यदि फलफूल, तरकारीहरू र सम्पूर्ण अन्नहरू प्रशस्त मात्रामा मिलाएर खादा हामीले खाद्य सप्लीमेन्ट लिनुपर्ने कुनै कारण छैन । यो हार्वर्ड विश्वविद्यालयका विज्ञहरूलेसमेत पुष्टि गरेका छन् । विश्वमा सन् ज्ञढढण् को मध्य देखिनै आहार सप्लीमेन्ट उद्योगहरुको बाढी नै आएको देखिन्छ । नेपाल जस्तो सानो मुलुकमा समेतयिनीहरुको व्यापार दिन दुइगुणा रात चार गुणाले उकालो लागिरहको देखिन्छ ।

सप्लिमेन्टको प्रयोगका सकारात्मक पक्ष

विज्ञहरु सप्लीमेन्ट लिन कुरा केहीका लागि उपयोगी पनि हुन सक्ने देख्छन् । खास गरेर गर्भवती महिलाहरु र दीर्धरोगी केही व्यक्तिहरूले यसबाट स्वास्थ्य लाभहरू हुने देख्दछन् । केहि अध्ययनका आधारमा सप्लिमेन्टहरु निरन्तर उपभोगबाट निम्न सकारात्मक असरहरु देखिन्छ ।

– सप्लिमेन्टहरु कमसल आहारको पुरक हुन सक्छन् ।
– आवश्यक पोषणका लागि धेरै खानु पर्ने झन्झटबाट मुक्ती।
– मुल्यवान गुणस्तरिय सप्लिमेन्टहरु ।
– सप्लिमेन्टहरु जिवाणुसग प्रतिरोध गर्न सक्ने ।

सप्लिमेन्टको प्रयोगका नकारात्मक पक्ष

एक अध्ययनका अनुसार शरीरलाइ बास्तविक रुपमा आवश्यक भन्दा अधिक सप्लिमेन्टको उपभोगले नकारात्मक असरहरु हुने सम्भावना रहन्छ । जस्तैस् भिटामिन ए आवश्यक भन्दा बढी उपभोगका कारणबाट टाउको दुखाइ लिभर फेल र हड्डि खिइने समस्याहरु देखिन्छ । सन् द्दण्ण्द्ध मा एफडीएले गरेको एक अध्ययनले सप्लीमेन्टहरूमा हुने अप्राकृतिक चीजहरूले शरीरको लागि हानिकारक हुन सक्ने भनेको छ । फूड डाई ती मध्ये एक हो । फुड डाईलाइ क्यालिफोर्नियाको प्रस्तावमा अबलअभच टछ मा क्यान्सर बनाउन सक्ने तत्व मानिएको छ। प्रि वर्क आउट सप्लिमेन्टहरुमा प्राय भेटिने सिलिकन डाइअक्साइड एक रसायन हो जुन बिभिन्न रसायनहरुलाइ एक अर्कामा टाँस्न प्रयोग गरिन्छ । डॉ= वनीता अरोड़ा[नया दिल्ली] का भनाइ अनुसार उचित परामर्श बिना लामो समयसम्म खेलाडीले प्रोटिन सप्लिमेन्ट र स्टोराइडको उपभोगका कारण हृदयघात वा कार्डियक अरेस्ट आउन सक्छ । केहि रिसर्चहरुले यसले नियमित प्रयोगबाट फोक्सोको रोग निम्त्याउने भनेर भनेका छन् । सप्लिमेन्टहरुमा अन्य धेरै रसायनहरू समावेश गरिएको हुन्छ जस्को उचित मात्रामा लिईएन वा हाइड्रेटेड गर्दासमस्याहरू निम्त्याउन सक्ने अनुमान बिज्ञहरुको छ । यु के मा गरिएको एक अध्ययनमा धेरै सप्लिमेन्ट उत्पादनहरूमा स्टेरोइडहरू मिसाइएका थिए जुन उनीहरूको रासायनिक संरचना र वर्तमान मात्राको आधारमा पर्याप्त औषधीय गतिविधि हुन सक्ने मान्न सकिन्छ। यसले अनजानमै प्रयोगकर्ताहरूलाई तिनीहरूको स्वास्थ्यको लागि गम्भिर जोखिममा पर्न सक्छ । केहि अध्ययनहरुका आधारमा सप्लिमेन्टहरु निरन्तर उपभोगबाट निम्न नकारात्मक असरहरु देखिन् सक्छ।

– अनुहारमा डन्डिफोर आउनुस्( प्रोटीन पाउडरहरुमा घेरै प्रकारको हार्मोन र बायोएक्टिव पेप्टाइड्स मिश्रण गरिएको हुन्छ जसले सीबम भन्ने तत्व वृद्धि गर्छ । सीबमको वृद्धिले अनुहारमा डन्डिफोर आउन सक्छ ।

– पोषण तत्वहरुकोकमी : शरीरमा पोषण तत्वहरुको कमी प्रोटीन पाउडर उपभोगका कारण हुन सक्छ यदि तपाइ अंण्डा, दूध र मासु जस्ता प्राकृतिक प्रोटीन खाद्य पदार्थोंहरुको उपभोग गर्नु हुन्छ भने यस्ता समस्याहरु कम हुन्छ ।

– इन्टेस्टाइनल माइक्रोबायोटा: वे प्रोटीनमालैक्टोफेरिन जस्ता केहीतत्वका स्रोत हुन्छन । जसले पेटसग सम्बन्धित समस्या हुन सक्दछ ।

– टक्सिक : केही प्रोटीन पाउडरहरु शरीरका लागि हानिकारक हुन सक्छन । जसले टाउको दुख्ने थकाइ लाग्ने, कब्जियत र मांसपेशिहरुमा दुखाइको कारण बन्न सक्छन ।

– इन्सुलिनको तह बढाउने : वर्कआउट पछि प्रोटीन पाउडरको उपभोगले इंसुलिनमा वृद्धि गर्दछ यसरी नियमित इंसुलिनमा हुने वृद्धि शरीरका लागि हानिकारक हो ।

– सप्लिमेन्टहरुमा भनिएको जस्तो बस्तु नहुन पनि सक्छ ।

– प्राकृतिक खानामा भए सरह पोषणहरुको प्रयाप्तता सप्लिमेन्टहरुमा हुदैन।

– पोषक र ताजा खाना खाने बानी हराउन सक्ने ।

– सप्लिमेन्टको लामो समय प्रयोग पछि शरीरले प्राकृतिक खानाबाट पोषण नलिन सक्छ ।

– सहि मात्रा मिलाउन कठिन हुने ।

– सप्लिमेन्टहरु प्राकृतिक हुदैन

निष्कर्ष

हामी स्वास्थ्य र शरीर बनाउनको लागि अनेक सप्लिमेन्ट र कृत्रिम वस्तुहरुमा निर्भर भइसकेका छौं । कुनै बिशेष सप्लिमेन्ट बिना हामीमा शक्ति नै आउँदैन भन्ने भ्रममा बस्न बाध्य भएका छौं। धेरै सप्लिमेन्ट खाएर ठूलो ज्यान बनाउन सकिन्छ भन्नु र थोरै काम गरेर धेरै पैसा कमाउन सकिन्छ भन्नु उस्तै उस्तै हो। यसमा फस्ने भनेको ज्यादातर भर्खरको युवा युवतीहरु नै हुन्। अहिलेको बजारले कर्मठ हुन सिकाउन छाडेका छन्, केवल सपना बाँड्न र बेच्न सिकेका छन्। सचेत त बुझक्कडहरु हुनुपर्ने हो, युवाको त मनस्थिति नै गिलो हुन्छ काँचो माटो जस्तो । बुझक्कड समाजले जस्तो चित्रण गर्छ युवावर्गले त्यस्तै मनस्थिति प्रत्यारोपण गर्छ सिंगारिएका बिज्ञापन हेरी लेभिएर छोटो बाटो नरोज्नुहोस् । स्वास्थ्यको लागि कुनै छोटो बाटो छैन। हाम्रो शरीर एकछिनको लागि मात्र बनेर पुग्दैन, स्वस्थ शरीर हामीलाई बाँचुन्जेल चाहिन्छ । छिटो छरितो नतिजा दिलाउने वस्तुहरु प्रयोग गरे पनि त्यसको नतिजा जीवनभर रहन्न, एकछिनको सन्तुष्टिको लागि मात्र भए कसैले रोक्न सक्दैन तर सधैं छोटो बाटो अप्नाउने बानी परे त्यसले शरीर र मानसिकतामा प्रतिकूल असर त अवश्य नै पार्छ । पुनः त्यहि नियमित व्यायाम, सन्तुलित आहार र बिश्राम मै फर्किनुपर्छ । त्यसकारण छोटो समयमा उपलब्धि हासिल गर्न छिटो र छरितो तरिका भन्दा निरन्तर स्वास्थ्यको लागि लागिरहने वाचा गर्नुहोस्खाना, व्यायाम र आराम भनेको पटरी जस्तो हो जसको समानान्तर संयोजन हुन आवश्यक छ । हाम्रो शरीरलाई पनि कृत्रिम वस्तुहरुको नाकाबन्दी लगाइदिउँ त, हाम्रो शरीरले पनि उत्तिकै शक्तिको उत्खनन् गर्न बाध्य हुन्छ र आफ्नो क्षमताको वास्तविक उजागर गर्छ।आफ्नो शरीरको बोसो घटाउन र शरीरलाई क्षणिक राम्रो देखाउन जनावरको विभिन्न रोगको औषधी आफ्नो शरीरमा छिर्न नदिनुहोस् र फ्याट लस जनावरको रेसबाट अलग्गिनुहोस् । कुनै पनि सप्लिमेन्ट जादूको पिल्स वा पाउडर हुँदैन, राम्रो सँग ट्रेनिङ गर्न जानेन भने जति महँगो सप्लिमेन्ट खाए पनि शरीरले लिंदैन र ज्यान बन्दैन । स्वस्थकर खानेकुराहरुमा स्थायी ताकत हुन्छ । आफै निर्णय गर्नुहोस अस्थायी ज्यान चाहिएको छ कि स्थायी ज्यान, स्वास्थ्य र ताकत ? जय शारीरिक सुगठन

लेखक रुपन्देही जिल्ला शारिरीक सुगठन तथा फिटनेस संघका अध्यक्ष हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  १० : ४२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका