२१ भदौ २०८३, आइतबार | September 6, 2026

न्यूजील्यान्डको मस्जिद गोलीकाण्डका हत्यारालाई जन्मकैद



क्राइस्टचर्च । न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।

न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाएका हुन् ।

फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भन्, “तिम्रा कार्यहरु अमानवीय थिए । तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ ।”

मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए ।

सरकारले उक्त घटना लगत्तै एक कानुन पारित गरी अर्ध–स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।

आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रशारण पनि गरेका थिए ।

चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए । अदालत बाहिर भेला भएका उनीहरुले टारान्ट शैतान रहेको बताएका थिए । कतिपयले कुरान पाठ गरेका थिए ।

टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए । आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए ।

न्यायाधीश म्यान्डरले मस्जिदमा गरिएको आक्रमणप्रति कुनै पश्चाताप नगरेको पनि बताए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १२ : २९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका