६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

लकडाउनमा पनि मर्मतको होम सर्भिस दिँदै निर्माण साथी



काठमाडौं । निर्माण तथा मर्मत सम्बन्धि ई–कमर्स कम्पनी ‘निर्माण साथी’ले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा दिंदै आएको छ ।

कोभिड-१९ को विषम परिस्थितिमा पनि प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गरिरहेको निर्माण साथीका सिइओ कुमार भट्टले जानकारी दिए।

निर्माण साथीले आफ्नो वेवसाइट (www.nirmansathi.com)  मा उपभोक्ताका समस्याहरु अनलाईन बुक गर्ने व्यवस्था गरेको छ। साथै ९८४१८११६२३ मा फोन गरि अफलाइन बुक गर्न सकिने समेत बताइएको छ।

यसरी बुक गरेको २ घण्टामै सेवा उपलब्ध गराइने भट्टको दाबी छ। मर्मतको लागि आवस्यक सामग्री समेत निर्माण साथीले प्रवन्ध गर्नेछ। निर्माण साथीका प्राबिधिक मर्मतका लागि पुगेपछी गर्नुपर्ने कामको अवलोकन गरि शुल्क निर्धारण गरि काम गरिने बताइएको छ।

उपभोक्ता र कर्मचारी दुबैको स्वास्थ्य प्रती सजग हुँदै मास्क र सेनिटाइजर मात्र नभई आवस्यक पिपिईको प्रयोग गरि कर्मचारी सेवामा खटिएको भट्टले जानकारी दिए। कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बिमा समेत गरिएको बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै विभिन्न माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

कोभिड-१९ को महामारीको अवस्थामा धेरै सेवाहरु ठप्प छन् । त्यसैले गर्दा घर तथा कार्यालय विभिन्न समस्याका बाबजुद संचालन गर्नुपर्ने अवस्था छ । त्यसैले त्यस्ता समस्याहरुको समाधान गर्न निर्माण साथीले अनलाइन मार्फत घर तथा अफिसमा आउने मर्मत सम्बन्धि समस्या समाधानको सेवा दिइरहेको भट्ट बताउँछन्।

निर्माण साथीले दैनिक आइपर्ने समस्याबाहेक इन्जिनियरिङ परामर्श, डिजाईन, घर-निर्माण र घर-सजावटको काम समेत अनलाईनबाटै उपलब्ध गराउने कम्पनीका सह-संस्थापक समेत रहेका भट्ट बताउछन्।

हाल काठमाडौ उपत्यकाको लागि मात्र उपलब्ध सेवाहरु निकट भविश्यमै देशभर बिस्तार गरिने योजना रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ३ : ५२ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक