२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

घटनाको २० वर्ष पछि फरार अभियुक्त प्रहरीको फन्दामा



कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि डाँका मुद्दामा अदालतबाट कैद सजाँय भए लगत्तै फरार भएकाहरु हुन् भने अर्का २ जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा र सोही गाउँपालिका-३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी रहेका छन् ।

करन राज थापालाई अदालतले विभिन्न मितिमा गरेको फैसलाले ८ वटा डाँका चोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार १ सय ५३ रुपैयाँ जरिवाना र भगत चौधरीलाई १ वटा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र ४ हजार ५ सय रुपैया जरिवाना तोकेको थियो । उनीहरु दुवै जना २०५७ फागुन ३० गते पक्राउ परी पुर्पक्षका लागि कारागार कार्यालय कैलाली गएकोमा २०६१ माघ २७ गते कारागार बाट भागी फरार भएका थिए ।

त्यसैगरि कैलाली जोशीपुर गाउँपालिका-४ बस्ने कालु भन्ने ३८ वर्षीय गुन सिंह कठरीया र भजनी नगरपालिका-६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी लाई पनि प्रहरीले उनीहरुको घरबाटै पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई आ(आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले २० वर्षदेखि फरार रहेका दुई प्रतिवादीहरु गुन सिंहलाई ४ वटा डाँका चोरी मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तथा टिकाराम चौधरीलाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : ५३ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का