७ पुस २०८२, सोमबार | December 22, 2025

देशभर थपिए ९२७ संक्रमित, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ४१५ जना



काठमाडौं । शुक्रबार कोरोना भाइरसका ९२७ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार २२९ नमुना पीसीआर परीक्षणमा ९२७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३३४ महिला र ९२७ पुरुष रहेका छन् ।

यसँगै हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ४१५ जना थपिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै ३५० रहेको छ । भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजा र १९ रहेको छ । जसमध्ये होम आइसोलेनमा ६ हजार ४४६ जना बसेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना बसिरहेका छन् ।

२४ घण्टामा १६९ जना निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

यसैबीच, सरकारले देशभरका सबै केन्द्रीय अस्पतालहरुमा १ हजार बेड थपेको छ ।

यस्तै प्रादेशिक अस्पतालहरुमा १ हजार ९५७ बेड थपेको छ ।

यसैगरी ६४९ पालिकामा कम्तिमा पाँच बेडसहित ३ हजार २४५ बेड जनशक्तिसहित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ४ : २७ बजे

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको