१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

बुटवलमा थपिए २४ नयाँ संक्रमित, होम आइसोलेसनमा १६९ जनाको उपचार हुँदै



बुटवल । स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकामा १७ जना संक्रमित थपिएको बिज्ञप्ति प्रकाशित गरेको १ घण्टा भित्रमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपमहानगरमा २४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

उपमहानगरले प्रकाशित बिज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा बुटवलमा १० महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ । बुटवलमा शुक्रबार वार्ड नम्बर ९ मा ८ जना संक्रमित थपिएका छन् भने वार्ड नखुलेको ६ जना संक्रमित भेटिएका छन् । त्यसैगरि वार्ड नम्बर १२ मा ४ जना, वार्ड नम्बर १३ मा २ जना तथा वार्ड नम्बर ३, ५, ६, ८ मा १।१ जना संक्रमित थपिएका छन् ।

बुटवलमा शुक्रबार सम्मा २५८ जनामा संक्रमण पुष्टि भएको र ५१ जना कोरोना मुक्त, भएर डिस्चार्ज भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए । सिंहका अनुसार १६९ जना होम आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् । उपमहानगरको एन्फा आइसोलेसनमा ४७ जनाको उपचार भईरहेको छ । बुटवलमा २ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : १४ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर