१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

मेहनतको फल : कोरोनाकै बीचमा जडीबुटी र फलफूलको नर्सरी, मनग्गे आम्दानी



म्याग्दी । कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे । तर, म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लागे । त्यो काम थियो – श्रीखण्ड, बेलपत्र र तुलसीको साथै फलफूल र जडीबुटीको नर्सरी स्थापना ।

जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीमा १९ वर्षसम्म नर्सरी रेखदेखको काम गनुभएका घिमिरेले गत चैतमा आफ्नै घरको आगनमा श्रीखण्ड, बेलपत्र, तुलसीका साथै टिम्मुर, अरिजाउलो, पखनवेत लगायतका जडिबुटी र सुन्तला, कागती, अम्बालगायत फलफूलका बिरुवा जमाए । त्यसरी शुरु गरेको नर्सरीमा अहिले बिरुवा हर्लक्कै बढेका छन् ।

दुई लाख लगानीमा शुरु गरेको नर्सरी व्यवसायबाट घिमिरेले शुरुआती अवस्थामा नै ७० हजार आम्दानी गरिसकेका छन् ।

जिल्लामा नै पहिलो पटक श्रीखण्ड, बेलपत्र र तुलसीजस्ता बिरुवाको नर्सरी स्थापना गर्नुभएका घिमिरेले पैसा कमाउनभन्दा पनि यस्ता औषधीय गुणयुक्त अमूल्य जडीबुटीको संरक्षण र प्रचारप्रसारका लागि नर्सरी स्थापना गरेको बताउनुभयो ।

उक्त नर्सरी अहिले धेरैको आकर्षण बनेको छ । कोरोना त्रासमा पनि पोखरा, पर्वत, बागलुङ, बेनीलगायत विभिन्न ठाउँबाट बिरुवाको माग हुन थालेपछि घिमिरे उत्साहित बनेका छन् ।

“यति छिट्टै यसरी माग होला भनेर मैले सोचेको थिइन, घिमिरेले भने, “विशेष गरेर श्रीखण्ड, जडीबुटी र टिम्मुरका बिरुवाको माग बढिरहेको छ ।”

घिमिरेको नर्सरीमा अहिले श्रीखण्डका २००, बेलपत्रका ५०, टिम्मुरका ६०, कागतीका ३५, बिरुवा बाँकी छन् । अरु सबै बिरुवा बिक्री भैसकेको घिमिरेले बताए।

घरको आगनमा स्थापना गरिएको नर्सरीले एकातिर आम्दानी दिएको छ भने अर्कोतिर घरको सुन्दरता बढाएको छ ।

परीक्षणका रुपमा स्थापना गरिएको नर्सरी व्यावसायिक रुपमा नै सफल हुने देखिएपछि घिमिरेले नर्सरीमा बिरुवा वृद्धि गर्ने सोच बनाएको बताए । हुर्केका बिरुवा बिक्री गर्नुका साथै घिमिरेले सार्वजनिकस्थल, सडक र पार्कमा लगाउने गरेका छन् ।-रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : ३४ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा