११ श्रावण २०८३, सोमबार | July 28, 2026

बँदेल आतंक : बाली जोगाउन रातभर जाग्राम



दुल्लु । दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

घर भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।

धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका–बथान आएर जङ्गली बँदेलले खाने गरेका स्थानीयले बताएका छन् । भैरवी–१ का स्थानीयवासी डिलबहादुर कार्कीले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताए । उनले भने, “बँदेल धपाउन समूह बनाएर रातभर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे हम्मे भएको छ ।’’ भैरवी, महाँबु गाउँपालिका, दुल्लू, नारायण र आठबिस नगरपालिकालगायत स्थानमा जङ्गली बँदेलले अन्नबाली नोक्सान गरेको स्थानीयले बताएका छन् ।

पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन । पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबालीमा बँदेलले क्षति पुर्‍याउँदा किसान निकै निरास भएका छन् । दुल्लु नगरपालिका–३ का प्रेम गिरी भन्छन्, “न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अतिनै गर्न लागिसके । एकातीर बँदेलले आक्रमण गर्छ की भन्ने चिन्ता लाग्ने गरेको छ ।’’

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । “नत जङ्गली बँदेलको नियन्त्रण तिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्”, भैरवी गाउँपालिका–१ का सेरबहादुर कार्कीले गुनासो गरे । जङ्गली बँदेलले नोक्सान गरेको निवेदन थुप्रै आएका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।

उनले नोक्सानी भएको बालीको विवरण सङ्कलन गर्न वडा तहमा जनप्रतिनिधिलाई किसानको बारीमै खटाउने र उचित क्षतिपूर्ति दिनेबारे आफू छिट्टै कार्यपालिकाको बैठक बस्ने बताए । सरकारी निकायबाट किसानलाई राहतका कार्यक्रम ल्याएको भएपनि प्रभावकारी हुन सकेको छैन । डिभिजन वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले प्रकृया मिलाएर निवेदन आए क्षतिपूर्ति दिने जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १ : ०१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला