८ बैशाख २०८१, शनिबार | April 20, 2024

देशभर थपिए कोरोना भाइरसका ८८४ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसको सक्रमणको रफ्तार नेपालमा दिनदिनै बढिरहेको छ । दैनिक औषतमा १० हजार पीसीआर परीक्षण भैरहेको छ ।

तर, समुदायस्तरमा फैलिएको कोरोनाको फैलावटलाई नियन्त्रण गर्न नसक्दा भाइरसको आक्रमण झन बलियो बनेको छ ।

व्यापक रुपमा गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम हुन नसक्दा कोरोना संक्रमण समुदायस्तरमै प्रवेश गरिसकेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८८४ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार ८८४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । धेरै दिनपछि यो निकै कम संख्या हो । काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ जना रहेका छन् । जसमध्ये १० हजार १४५ जना सक्रिय संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा ६ हजार ४४५ रहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ४ : २४ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन