२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

देशभर थपिए कोरोना भाइरसका ८८४ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसको सक्रमणको रफ्तार नेपालमा दिनदिनै बढिरहेको छ । दैनिक औषतमा १० हजार पीसीआर परीक्षण भैरहेको छ ।

तर, समुदायस्तरमा फैलिएको कोरोनाको फैलावटलाई नियन्त्रण गर्न नसक्दा भाइरसको आक्रमण झन बलियो बनेको छ ।

व्यापक रुपमा गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम हुन नसक्दा कोरोना संक्रमण समुदायस्तरमै प्रवेश गरिसकेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८८४ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार ८८४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । धेरै दिनपछि यो निकै कम संख्या हो । काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ जना रहेका छन् । जसमध्ये १० हजार १४५ जना सक्रिय संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा ६ हजार ४४५ रहेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ४ : २४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको