१८ माघ २०८२, आइतबार | February 1, 2026

बाँकेमा थपिए १५ संक्रमित, आज पनि बैंकका २ जना कर्मचारी संक्रमित



नेपालगन्ज । बाँके जिल्लामा माछापुच्छ्रे र कुमारी बैंकका १।१ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार माछापुच्छ्रे बैंकका ३० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा रिपोर्ट पोजेटिभ आएको हो भने कुमारी बैंकमा कार्यरत ३१ वर्षका पुरुषको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा कोरोना पुष्टि भएको हो । शनिबार पुष्टि भएकाहरुमा १२ जना नेपालगन्ज उपमहानगरका सहित नरैनापुरका २ महिला, जानकीमा एक जना पुरुष छन् ।

बाँकेमा प्राय हरेक दिन आउने कोरोना संक्रमणको रिपोर्टमा कुनै नकुनै बैंकका कर्मचारी संक्रमित हुँदै आएका छन् ।

शनिबार थपिएसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ९० पुगेको र ७०३ जना कोरोना मुक्त भएर घर फर्केको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । बाँकेमा २७९ जनाले बिभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् भने जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : १२ बजे

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु