१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तनहुँ स्थानीयवासीको घर जोखिममा परेपछि ढुङ्गा उत्खनन रोक



तनहुँ । मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण व्यास नगरपालिका-११ का चार घरमा क्षति पुगेपछि स्थानीयवासीको सक्रियतामा उत्खनन् कार्य रोकिएको छ ।

चरम लापरबाही गरेर मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण रामथुम्कीका करिब दुई सय ५० घरपरिवार भूक्षयको उच्च जोखिममा परेको भन्दै उजुरी दिएपछि उत्खनन् कार्य रोकिएको हो ।

साविकको घाँसीकुवा गाविससंग सम्झौता गरी पशुपति क्वायरीले ढुङ्गा उत्खनन् कार्य गर्दै आएको थियो । करीब ३५ रोपनी क्षेत्रफलमा ढुङ्गा उत्खनन गर्दै आएको उक्त कम्पनीले वन क्षेत्रमा समेत उत्खनन् गर्न थालेपछि त्यसकाविरुद्ध स्थानीयवासीले डिभिजन वन कार्यालयमा उजुरी दिएका थिए ।

सो कम्पनीले ठूला मेसिन प्रयोग गरेर जथाभावी ढुङ्गा उत्खनन् गर्दा त्यहाँका स्थानीयवासीको घर उच्च जोखिममा परेका छन् । स्थानीयवासी रामबहादुर गुरुङ, भिमबहादुर गुरुङ, जीवन गुरुङ र जुठीमाया घर्तीका घरमा बस्नै नसक्ने गरी क्षति भएको बताइएको छ ।

मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण यहाँका २० जना व्यक्ति विस्थापित हुनुपरेको वडाध्यक्ष निरबहादुर खड्काले बताए । जथाभावी ढुङ्गा उत्खनन्का कारण पहिरो जान सक्ने अवस्था देखिएपछि उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको उनले जानकारी दिए ।

उनले भने, ‘विस्थापित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन पहलकदमी भैरहेको छ ।’ बस्तीबाट करिब ६० मिटर तल चुन ढुङ्गा निकाल्न मेसिनहरु प्रयोग गरिएपछि माटो कमजोर हुनासाथ स्थानीयवासीको घर/बारीमा चिरा चिरा परेको पीडित जीवन गुरुङको भनाइ छ ।

उनका अनुसार जथाभावी उत्खनन् घर उच्च जोखिममा परेपछि रामथुम्की युवा क्लवको भवनमा तीन जनाको परिवार र गर्र्भवती जुठीमाया छिमेकीको घर आश्रय लिन वाध्य भएका छन् । दिनमा पशुचौपायालाई हेर्न आउने गरेपनि राती सोही क्लवको भवनमा सुत्ने गरेकोे स्थानीयवासी भिमबहादुर गुरुङले बताए ।

जिल्ला रेडक्रस सोसाइटी तनहुँले कम्बल र व्यास नगरपालिका— ११ वडा कार्यालयले त्रिपाल दिएपनि आफूहरुले अन्यबाट कुनैपनि राहत नपाएको उनीहरुको गुनासो छ ।

मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण स्थानीयवासी विस्थापित हुनुपरेको उजुरी परेपछि उत्खनन् गर्ने कम्पनीलाई पत्र काटेर स्पष्टीकरण सोधिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । यस सम्बन्धमा स्थानीय सरकारको राय माग गर्दै व्यास नगरपालिकालाई समेत पत्राचार गरिसकेको उनले बताए । रासस

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : १२ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष