७ आश्विन २०८३, बुधबार | September 23, 2026

समुदायस्तरमा कोरोना परीक्षणको तयारी



कैलाली । धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।

समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो । ‘समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन’, नगरप्रमुख नृपबहादुर वडले भने, ‘सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ ।’

धनगढीमा थप ५ दिन अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको यस अवधिमा समुदायस्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताए । उनले भने, ‘विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने छ ।’

उपमहानगरमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २२ प्रतिशतभन्दा बढी स्थानीयवासी रहेका छन् । धनगढीमा ५१ जना स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई