२ पुस २०८२, बुधबार | December 17, 2025

समुदायस्तरमा कोरोना परीक्षणको तयारी



कैलाली । धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।

समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो । ‘समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन’, नगरप्रमुख नृपबहादुर वडले भने, ‘सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ ।’

धनगढीमा थप ५ दिन अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको यस अवधिमा समुदायस्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताए । उनले भने, ‘विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने छ ।’

उपमहानगरमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २२ प्रतिशतभन्दा बढी स्थानीयवासी रहेका छन् । धनगढीमा ५१ जना स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : २६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन