४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकी प्रदेशमा पांच जनामा कोरोना संक्रमण पुष्टि



पोखरा । आइतबार बिहानै पोखराका तीन सहित गण्डकी प्रदेशमा पांच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला कास्की र नवलपुरमा गरी कूल पांच जना कोरोना संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं (७ का ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषका साथै पोखरा (८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा नवलपुर कावासोती २ का २१ वर्षीया युवती र मध्यविन्दु ४ का २० वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुगेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ८ : ५३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज