७ बैशाख २०८३, सोमबार | April 20, 2026

डा. पाण्डेको सुझाव : कोरोना विरुद्ध लड्ने क्षमता बढाउन राम्रोसँग सुत्नुर्छ



काठमाडौं । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना विरुद्ध लड्नका लागि राम्रोसँग सुत्न सुझाव दिएका छन् ।

डा. पाण्डेले आफ्नो फेसबुक वालमा स्वास्थ्य टिप्स राख्दै कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका हुने जनाएका छन् ।

रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुनेभन्दै पाण्डेले लेखेका छन्, ‘हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसँग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।’

हामी रातिमा ७-९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुने डा. पाण्डेले उल्लेख गरेका छन् । राम्रोसँग सुत्दा खुसी बढ्ने र रोगसँग लड्ने क्षमता वृद्धि हुने उनले तर्क गरेका छन् ।

हामी कति घण्टा सुत्नुपर्छ ?
डा. पाण्डेका अनुसार १४–२५ बर्षको उमेरको व्यक्ति ८–१० घण्टा सुत्नुपर्छ । यस्तै, २६–६४ बर्षको व्यक्ति ७–९ घण्टा घण्टा सुते पुग्छ ।

६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई . ७–८ घन्टा सुत्नुपर्ने उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ११ : ५१ बजे

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज