२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु, उपमहानगरमा मृतकको संख्या ३ पुग्यो



बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का ६७ बर्षिय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि आईतबार बिहान ४ः ३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लीनीकमा भर्ना भएका थिए । अस्पतालको फिभर आइसोलेसनमा आईतबार बिहानै देखि उपचाररत रहेका उनको मध्यान्ह १२ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

कोरोना संक्रमित मृतकमा पहिले देखिनैमुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

आज थपिएसँगै बुटवलमा मृत्यु हुनेको संख्यामा ३ पुगेको छ । रुपन्देहीमा अहिले सम्ममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १ : २६ बजे

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम