२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

आइतबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित, १ हजार २२१ जना नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसबाट संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित भएका छन् ।

१२ हजार ७१७ नमुना परीक्षणमा १२ सय २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा दिइएको जानकारी अनुसार ३४८ जना महिला र ८७३ जना पुरुष थपिएका छन् ।

यससँगै, हालसम्म देशभर संक्रमितको संख्या पुगेको छ ।

काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ३७२ थपिएका छन् । भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ पुगेको छ । जसअनुसार संस्थागत आइसोलेसनमा १० हजार ६१२ रहेको छ । होम आइसोलेसनमा ६ हजार ९०६ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २० हजार ८२२ जना निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमितको ५४ प्रतिशत हो ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ४ : २५ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको