७ पुस २०८२, सोमबार | December 22, 2025

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार अपरान्ह गरेको नियमित कोरोन अपडेटमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको छ ।

जसमध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।

यसैगरी, सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ३५ र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, रौतहटका ३० वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले हालसम्म गरेको अपडेट अनुसार जम्मा मृतकको संख्या २२१ पुगेको छ ।

तर, मन्त्रालयको तथ्यांक भन्दा बढी मृत्युका खबर सार्वजनिक भैसकेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ४ : ३६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको