२० भदौ २०८३, शनिबार | September 5, 2026

निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत



काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ ।

रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को–हजब्याण्ड’ ले प्रथम पुरस्कार जितेको हो ।

रुस, अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायकमण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान्’लाई प्रथम पुरस्कारस्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको हो ।

‘सहायक श्रीमान्’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड कार्यक्रममा सहभागी हुँदै यो सफलता नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान भएको बताए ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।

निर्देशक पाण्डेले करीब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट चलचित्र निर्माण गरेका हुन् ।

पाण्डेले यसअघि गोर्खा भूकम्पमा आधारित ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र निर्माण गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ५ : २७ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्