२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आन्तरिक उडान र सीमा नाका भाद्र ३० सम्म नचल्ने, अन्तरराष्ट्रि हवाई उडान सर्त सहित खुल्ला



काठमाडौं । २०७६ चैत ११ बाट बन्द रहेको आन्तरिक उडान तथा अन्तर जिल्ला लामो दुरीका सार्वजानिक सवारी साधनका लागि आगामी भदौ ३० गतेसम्म पर्खनु पर्ने भएको छ । मन्त्रिपरिषदको आईतबार साँझ बसेको बैठकले आन्तरिक उडान, अन्तर जिल्ला चल्ने लामो दुरीका सवारी साधन तथा अन्तरराष्ट्रिय सिमा नाकाहरु भाद्र ३० गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेको भन्दै आन्तरिक उडान, सार्वजानिक यातायात तथा सिमा नाका नखोल्ने निर्णय गरेको हो । बैठकले अन्तरराष्ट्रिय उडानहरुलाई भने भाद्र १६ गते देखि सर्त सहित उडान भर्ने अनुमति दिएको छ ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित सार्वजानिक यातायात तथा आन्तरिक उडानलाई मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

सरकारले भदौ ३० गतेसम्म अन्तरराष्ट्रिय सीमा नाकामा लगाएको सिललाई पनि भाद्र ३० गते सम्मका लागि निरन्तरता दिएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : ३९ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न