१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कालिकोटको नाग्म पहिरोमा एकै परिवारका ४ सहित १० जनाको मृत्यु



काठमाडौं । कालिकोटको तिलागुफा १ नाग्म बजारमा आइतरबार पहिरोमा पुरिएर मृत्यु भएका १० जनाको शव फेला परेको छ ।

मृतक मध्ये एक परिवारका चार जना रहेका छन् । दुई जना अझै पनि वेपत्ता छन् । उद्दार गरिएका दुई जनाको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

नाग्म बजारको पछाडिपट्टी रहेको भिरालो जमिन भासिएर पहिरो जाँदा लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँएका थिए ।

पहिरोमा पुरिएर प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको छ ।

शुभकालिका गाउँपालिका मुंग्रा घर भई नाग्मामा पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यस्तै, तिलागुफा १ कै ३५ वर्षीय मनवीर कटुवाल, सुर्खेतको विरेन्द्रनगरका आइती खड्का र उनको पसमा काम गर्ने २२ वर्षीय अमृत थापाको मृत्यु भएको छ ।

सुरुमा आठ जनाको र पछि २ जनाको शव फेला परेको कालिकोटका प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए ।
उद्दारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीयबासिन्दा खटेका छन् ।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्म बजार व्यापारिक केन्द्र हो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ४४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम