२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

कालिकोटको नाग्म पहिरोमा एकै परिवारका ४ सहित १० जनाको मृत्यु



काठमाडौं । कालिकोटको तिलागुफा १ नाग्म बजारमा आइतरबार पहिरोमा पुरिएर मृत्यु भएका १० जनाको शव फेला परेको छ ।

मृतक मध्ये एक परिवारका चार जना रहेका छन् । दुई जना अझै पनि वेपत्ता छन् । उद्दार गरिएका दुई जनाको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

नाग्म बजारको पछाडिपट्टी रहेको भिरालो जमिन भासिएर पहिरो जाँदा लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँएका थिए ।

पहिरोमा पुरिएर प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको छ ।

शुभकालिका गाउँपालिका मुंग्रा घर भई नाग्मामा पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यस्तै, तिलागुफा १ कै ३५ वर्षीय मनवीर कटुवाल, सुर्खेतको विरेन्द्रनगरका आइती खड्का र उनको पसमा काम गर्ने २२ वर्षीय अमृत थापाको मृत्यु भएको छ ।

सुरुमा आठ जनाको र पछि २ जनाको शव फेला परेको कालिकोटका प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए ।
उद्दारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीयबासिन्दा खटेका छन् ।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्म बजार व्यापारिक केन्द्र हो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : ४४ बजे

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस

स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व बढाउन बहस सुरु

बुटवल । संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि