८ माघ २०८१, मंगलबार | January 21, 2025

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता



कालिकोट । कालिकोट जिल्लाको तिलागुफामा मलामी गएका १५ जना स्थानीय बेपत्ता भएका छन् । तिलगुफा नगरपालिका राँचुली गाउँका हेमराज शाहीको मलामी लगएका १५ स्थानीय बेपत्ता भएका हुन् ।

शनिबार मृत्यु भएका हेमराजको अन्त्येष्टीका लागि स्थानीय गाउँले आइतबार तिला नदी गएका थिए । वडाध्यक्ष परमबहादुर शाही पनि मलामी गएको बताइएको छ। तर, रातिसम्म मलामी गएकाहरु नफर्किएपछि गाउँलेले सोमबार बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

वर्षा भइरहेकाले माथिबाट पहिरो खसेर उनीहरुलाई बगाएको आशंक गाउँलेले गरेको प्रहरीले बताएको छ । घटनाको खबर आउना साथ प्रहरी घटनास्थल तर्फ गइसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

ठाउँ ठाउँमा पहिरोले बाटो अवरुद्ध बनेकाले सदरमुकामबाट ४२ किलोमिटर दुरीमा रहेको राँचली पुग्न प्रहरीलाई पनि कठीनाइ भइरहेको उनले बताए । प्रहरी टोली त्यहाँ पुगेपछि मात्र घटनाको विस्तृत विवरण आउने उनले बताए ।

नाग्मगाड र खल्लागाड प्रहरी चौकीबाट दुई टोली घटनास्थलतर्फ गएका छन् । पहिरो गएकाले उनीहरु डोरजसहित त्यसतर्फ गाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ४८ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड