२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता



कालिकोट । कालिकोट जिल्लाको तिलागुफामा मलामी गएका १५ जना स्थानीय बेपत्ता भएका छन् । तिलगुफा नगरपालिका राँचुली गाउँका हेमराज शाहीको मलामी लगएका १५ स्थानीय बेपत्ता भएका हुन् ।

शनिबार मृत्यु भएका हेमराजको अन्त्येष्टीका लागि स्थानीय गाउँले आइतबार तिला नदी गएका थिए । वडाध्यक्ष परमबहादुर शाही पनि मलामी गएको बताइएको छ। तर, रातिसम्म मलामी गएकाहरु नफर्किएपछि गाउँलेले सोमबार बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

वर्षा भइरहेकाले माथिबाट पहिरो खसेर उनीहरुलाई बगाएको आशंक गाउँलेले गरेको प्रहरीले बताएको छ । घटनाको खबर आउना साथ प्रहरी घटनास्थल तर्फ गइसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

ठाउँ ठाउँमा पहिरोले बाटो अवरुद्ध बनेकाले सदरमुकामबाट ४२ किलोमिटर दुरीमा रहेको राँचली पुग्न प्रहरीलाई पनि कठीनाइ भइरहेको उनले बताए । प्रहरी टोली त्यहाँ पुगेपछि मात्र घटनाको विस्तृत विवरण आउने उनले बताए ।

नाग्मगाड र खल्लागाड प्रहरी चौकीबाट दुई टोली घटनास्थलतर्फ गएका छन् । पहिरो गएकाले उनीहरु डोरजसहित त्यसतर्फ गाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ४८ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न