३० कार्तिक २०८२, आइतबार | November 16, 2025

थप ३ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्ड दोस्रोपटक आइसोलेसनमा



काठमाडौं । आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ आइसोलेसनमा बसेका छन् ।

अध्यक्ष प्रचण्ड आइतबारदेखि आइसोलेसना बसेको उनको सचिवालयले जनाएको छ । यो प्रचण्डको दोस्रो पटकको आइसोलेसन बसाई हो ।

पछिल्लो पटक प्रचण्डको सुरक्षामा खटिएको तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन अवधिभर प्रचण्डले कसैलाई पनि नभेट्ने बताइएको छ ।

दुई हप्ता अघि पनि प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरना देखिएपछि उनी र उनको परिवार आइसोलेसनमा बसेको थियो ।
सुरक्षाकर्मीलाई कोरोना देखिएपनि प्रचण्ड र परिवारका कोही पनि सदस्यहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि सीसीएमसी बैठकमा चिया दिने कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पप्रधानमन्त्री रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बसेका छन् । उनीहरु आइसोलेसनमा बसेकै कारण १३ गते बस्ने भनिएको नेकपा सचिवालय बैठकलाई भदौ १८ गते सारिएको थियो ।

सो बैठकमा नेकपाभित्रको विवाद समाधान कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ३ : ३६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा