१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतम र भक्त बस्याल सहितको टिमले सिद्धार्थनगर १ की २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको हो।

भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित रहेकी कृतिम गर्भाधान गरेकी महिला बाट जन्मिएको बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै थप उपचारका लागि राखिने अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । आमाको रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गरिने प्रवक्ता डा गौतमले बताए । गौतमका अनुसार बच्चाको पनि पीसीआर परीक्षण गरिने छ ।

यसअघि प्रादेशिक अस्पतालमा एकजना गर्भवतीको शल्यक्रिया हुन नसकेको भन्दै आलोचना भएको थियो। अस्पताल आएकी एकजनालाई अस्पतालले बाँकेको कोहलपुर रेफर गरेको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : ५२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान