२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बर्दियामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु



बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय परिचयपत्र विवरण दर्ताको शुरुवात गरेको छ । व्यक्तिगत र जैविक (वायोमेट्रिक) विवरण सहितको परिचयपत्रलागु गर्ने सरकारको योजनाअनुसार विवरण दर्ताकार्य सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार गुलरिया नगरपालिका वडा नं. ५ की एक सय वर्षीया जेष्ठ नागरिक लक्ष्मीकुमारी गौतमको व्यक्तिगत र जैविक विवरण सहितदर्ता गरी कार्यको सुरुवात गरेको हो ।

वायोमेट्रिक विवरण फारम भरेपश्चात् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दोसल्ला ओढाई सेवाग्राहीलाई सम्मान गरेका छन् । प्रजिअ अधिकारीले नेपाल सरकारले लागु गरेको राष्ट्रिय परिचयपत्रविवरण संकलन कार्यकोको सुरुवात गरिएको बताए ।

हाल जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनेकाहरुको विवरण संकलन गर्ने र कोभिड १९को संक्रमणको जोखिम कम भएपछि घुम्ती टोली खटाएर विवरण संकलन गरिने सरकारको योजना रहेको छ ।

हाल संकलन गरिएको वायोमेट्रिक विवरण विभागमा पठाईने र पछि चिप सहितको परिचयपत्र उपलब्ध हुनेछ ।

परिचयपत्रमा व्यक्तिगत विवरण, फोटो, हातका सबै औँलाको औँठा छाप, आँखाको रेटिनाको स्क्यान र हस्ताक्षर लगाएतका विवरण डिजिटल प्रविधिबाट संकलन गरी दर्ता गरिन्छ । संकलन गरिएको विवरण भण्डारण गर्ने र राष्ट्रिय परिचयपत्रको विभागमा पठाउने गरिन्छ ।

एक जनाको व्यक्तिगत तथा जैविक विवरण अर्को व्यक्तिसँग नमिल्ने हुँदा यसलाई भरपर्दो मानिएको छ । पाँचवर्षभित्र सबै नेपालीहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको योजना रहेको छ ।

पहिलो चरणमा एक लाख १७ हजारलाई परिचयपत्र वितरण गर्ने सरकारको योजना रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ११ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई