११ श्रावण २०८३, सोमबार | July 27, 2026

वीरगन्जमा ८० वर्षीय कोरोना संक्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जमा फेरि अर्का एक कोरोना संक्रमितको निधन भएको छ ।

सोमबार दिउँसो ३ बजेर २० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत ८० वर्षीय वृद्धको सोमबार मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेटमा वीरगन्जका संक्रमितको मृत्युको अपडेट गरिएको छैन ।

वीरगन्ज महानगरपालिका– २४ का ८० वर्षीय पुरुषलाई उच्चज्वरो आएपछि आफन्तले नारायणी अस्पताल पु-याएका थिए ।

कलेजो रोगका समेत संक्रमित रहेका ती वृद्धलाई भदौ १३ गते स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएपछि नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर रिफर गरिएको थियो ।

तर, आइसीयूमा राखेर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै कोरोना भाइरसको संक्रमणबाट पर्सा जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ भने देशभर मृत्यु हुनेको संख्या २२९ पुगेको छ ।

तीनदेखि कोरोना अस्पतालको आईसीयूमा उपचार भइरहेको ती वृद्धको सोमबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय कुमार श्रीवास्तवले जनाए । मृतकको कुनै ट्राभेल हिस्ट्री थिएन । कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ६ : ०६ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको