२३ बैशाख २०८१, आइतबार | May 5, 2024

वीरगन्जमा ८० वर्षीय कोरोना संक्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जमा फेरि अर्का एक कोरोना संक्रमितको निधन भएको छ ।

सोमबार दिउँसो ३ बजेर २० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत ८० वर्षीय वृद्धको सोमबार मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेटमा वीरगन्जका संक्रमितको मृत्युको अपडेट गरिएको छैन ।

वीरगन्ज महानगरपालिका– २४ का ८० वर्षीय पुरुषलाई उच्चज्वरो आएपछि आफन्तले नारायणी अस्पताल पु-याएका थिए ।

कलेजो रोगका समेत संक्रमित रहेका ती वृद्धलाई भदौ १३ गते स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएपछि नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर रिफर गरिएको थियो ।

तर, आइसीयूमा राखेर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै कोरोना भाइरसको संक्रमणबाट पर्सा जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ भने देशभर मृत्यु हुनेको संख्या २२९ पुगेको छ ।

तीनदेखि कोरोना अस्पतालको आईसीयूमा उपचार भइरहेको ती वृद्धको सोमबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय कुमार श्रीवास्तवले जनाए । मृतकको कुनै ट्राभेल हिस्ट्री थिएन । कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ०६ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन