४ पुस २०८२, शुक्रबार | December 20, 2025

कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन



काठमाडौं । दसैँअगाडि नै कक्षा १२ काे परीक्षा सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे ।

कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएकाे जानकारी दिए । उनका अनुसार परीक्षाकाे मिति टुंगाे लागेपछि विद्यार्थीलाई सूचित गरिने छ । ‘विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिइने छ’, उनले भने, ‘हामी उनीहरूकाे उच्च शिक्षा अध्ययन गर्ने बाटाे खुला गर्ने हिसाबले तयारी गरिरहेका छाैँ ।’

परीक्षाकाे माेडलबारे अन्याेल

दसैँअगाडि नै परीक्षा लिने तयारी गरिरहेकाे बाेर्ड कुन माेडलमा परीक्षा सञ्चालन गर्ने भन्नेबारे भने अहिलेसम्म अन्याेलमा छ । एउटै काेठामा धेरै विद्यार्थीलाई राखेर परीक्षा लिन असम्भव हुने बाेर्डले जनाएकाे छ । ‘काेराेना त्रासका कारण पुरानाे माेडलबाट परीक्षा सञ्चालन गर्न असम्भव छ’, शर्माले भने, ‘अरू केकस्ता विकल्प हुन सक्छन् भन्ने विषयमा हामी छलफलमै छाैँ ।’

उनका अनुसार ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्पमाथि छलफल भइरहेकाे छ ।

विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेना भाइरस काेभिड-१९ काे संक्रमण नियन्त्रण तथा राेकथामकाे प्रयासमा ५ महिनायता सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको